May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

कालोसूचीबाट तीन महिनामै हट्यो ओम्नी

काठमाडौं–स्वास्थ्य सामग्री ल्याउन ठेक्का पाएको ओम्नी समूहलाई कालोसूचीमा राख्ने निर्णय फुकुवा हुने भएको छ।

Advertisement

सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा थियो तर तीन महिनामै फुकुवा गरेको छ।समयमा नै स्वास्थ्य सामग्री ल्याउन नसकेको र अनियमिमतासमेत गरेको सार्वजनिक भएपछि सरकारले ठेक्का तोडेर धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

तर सर्वोच्चले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। उक्त सूचनापछि ओबिसिआई ९ओम्नी०का तर्फबाट सञ्चालक पारस केसीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीकै पक्षमा हुने गरी अन्तरिम आदेश जारी गरेको थियो।

मुद्दा भने अदालतमा विचाराधीन रहेको छ। सर्वोच्चको अन्तरिम आदेश तथा कार्यालयको मंसिर १० को निर्णयबमोजिम हाललाई कालो सूचीसम्बन्धी कारबाही स्थगन गरिएको कार्यालयले जनाएको छ।