कानुनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्छु: गायिका आस्था राउत

जिल्ला प्रशासन कार्यालय काठमार्डौले गायिका आस्था राउतलाई हिरासतमा राख्न अनुमति लगत्तै अस्पतालमा लगिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।पुर्जी जारी भएपनि राउत सोमबार बिहान आफै प्रहरी कार्यालयमा उपस्थित भएकी थिएन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवानसँग माघ १ गते राउतको विवाद भएपछि फेसबुक मार्फत प्रहरीलाई अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भइरल बनेको थियो । राउतसँग विवाद भएपछि प्रहरी जवान रमिता श्रेष्ठले किटानी जाहेरी दिएकी थिइन् । एसबारे नायिका थापाले सामाजिक सन्जाल फेसबुक मार्फत आफ्नो भनाइ राखेकिछन ।

नायिका थापाले लेखिकी छन्, “आस्था राउत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिब्यक्ती बारे सबैजसो लाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठन प्रती पर्न गएको अमर्यादा बारे भुल स्विकार पनि गरेकी छन् । यस बाहेक आस्था एक नागरिक पनि हुन र उनले सेवा प्रबाहमा गरिने व्यबहार बारे सुधारको लागि आक्रोसित भएको देखिन्छ । व्यक्ति नागरिक र पदाधिकारी जो भएपनी मानविय व्यबहार र असुन्तुष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ ।”

Advertisement