भोइस अफ नेपाल टप ८ सम्म पुगेकी मेचुले ल्याइन ‘तिम्रो मुटु मेरो मुटु

काठमाण्डौ । गायक एंव सङ्गितकार कारसाङ लामाको सङ्गितमा “तिम्रो मुटु मेरो मुटु” सार्वजानिक भएको छ । नेपाली गीत सङ्गितमा पछील्लो समय व्यस्त लामाको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन ।

गीतमा सुन्दर पन्तको शब्द, कारसाङ लामाको सङ्गित रहेको छ । भोइस अफ नेपाल टप ८ सम्म पुगेकी गायिका मेचु धिमालको आवाज रहेको गीतमा गायक नारायण
थापाले साथ दिएका छन ।भिडियोलाई निर्देशन र छायांकन प्रेम लामाले गरेका हुन भने राज महर्जनले कोरियोग्राफि,शुवास डाँगीले ड्रोन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका हुन । भिडियोमा मनोज ओली र रिचा थापाको अभिनय हेर्न सकिन्छ ।




Advertisement