May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

गर्भवती प्रियंकाले गरिन नयाँ तस्वीर सार्वजनिक

सामाजिक सञ्जाल चहार्ने हो भने गर्भवती प्रियंका कार्कीको जोडीबारे सकारात्मक भन्दा नकारात्मक टिप्पणी धेरै भेटिन्छ । उनले पोस्टाएका तस्वीरहरुमा तीखो वाणी रोपीहाल्छन् सामाजिक सञ्जाल प्रयाेगकर्ता । आज मात्रै पनि प्रियंकाले नयाँ तस्वीर सार्वजनिक गर्नेबित्तिकै प्रतिक्रियाको बाढी नै लाग्यो । गर्लस् ग्याङ्गसँग स्विमिङ पुलमा मस्ती गरिरहेको तस्वीरमा धेरैले गाली गरेका छन् उनलाई ।

Advertisement

कतिले प्रियंकाले ‘नाटक नै धेरै’ गरेको टिप्पणी गरेका छन् भने कतिले ‘भयो अब पुग्यो, छिटो बच्चा जन्माउ, नाटक नदेखाउ’ भनिरहेका छन् । कतिले भने ‘कसैले नजन्माएको बच्चा प्रियंका जोडीले नै जन्माउन लागेको रहेछ’ भनेर आलोचना गरिरहेका छन् ।

कतिले प्रिंकालाई इज्जत छैन ? भनेर प्रश्न समेत गरेका छन् । यसअघि प्रियंकाले आफू गर्भवती भएको खबर सार्वजनिक गर्दा पनि यति नै आलोचना भएको थियो । उनले एक तस्वीर पोष्ट गर्दै लेखेकी थिइन् – ‘हो, हामी गर्भवती छौँ ।’ ‘बच्चा कस्तो जन्मेला ? आँप को कोया झै जन्मेला’, ‘कुनै जमानामा भाइ बनाएको मान्छे एउटा बच्चाको पिता हुँदैछ’ भन्दै अपाच्य किसिमका नानाथरी भद्दा मजाक बनाइयाे त्यसबेला । पुरुष कहिलेदेखि गर्भवती हुन थालेछन् भनेर खिसी उडाए ।

आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् । प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने नायिका हुन् ।

प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका तस्वीरहरु सार्वजनिक गरिन् । उनै, प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै जाँदा स्विमिङ पूलमा रमाएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।