May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

मलाइकाले प्रेमी अर्जुन कपूरलाई जन्मदिनमा लेखेका शब्दको सर्वत्र चर्चा

अभिनेता अरबाज खानबाट अलग भएपछि अभिनेत्री मलाइका अरोड़ा लगातार खबरमा रहँदै आएकी छिन् । उनी आफूभन्दा ११ बर्ष कान्छा उमेरका अभिनेता अर्जुन कपूरसँगसँग प्रेम सम्बन्धमा रहेको कुरा सबैलाई थाहा छ । अहिले उनीहरुको प्रेम सम्बन्ध खास भएको छ । केहि वर्षदेखि दुई जना प्रायः जसो सँगै देखिने गरेका छन् ।

Advertisement

उनीहरु सामाजिक सञ्जालदेखि लिएर हरेक क्षेत्रमा आफ्नो प्रेम व्यक्त गर्न हिचकिचाउँदैन । अहिलेको समयमा अर्जुन कपूर आफ्नो जन्मदिनको कारण धेरै चर्चामा छन । उनका प्रशंसकहरु र नजिकका साथिहरुले जन्मदिनको बधाई सन्देश पनि पठाएका छन् । यसबीच उनकी प्रेमिका मलाइका अरोड़ा कसरी पछाडि रहन सक्छिन् ?

मलाइका अरोड़ाले अर्जुन कपूरलाई सामाजिक सञ्जाल इन्टाग्राममार्फत तस्बिर पोष्ट गरेर जन्मदिनको शुभकामना दिइन् । यो तस्बिर धेरै रोमान्टिक छ र मलाइका धेरै खुसी देखिएकी छिन् । शुभकामना दिदैँ मलाइकाले लेखिन्, ‘ह्याप्पी बर्थडे मेरे सनशाइन’ । उनको त्यो पोष्ट धेरैले मन पराएका छन् ।

अर्जुन कपूर र मलाइका अरोड़ाका अनुसार उनीहरू आफ्नो प्रेम सम्बन्ध लुकाउन सक्दैनन् । उनीहरूले विवाहको कुरा पनि नलुकाउने कुरा पटक पटक बताउँदै आएका छन् । तर अहिले त्यस्तो कुनै योजना नभएको पनि उनीहरुले स्पष्ट पारेका छन् । अर्जुन र मलाइकाको विवाहको अफवाहहरू हरेक बर्ष उडिरहन्छन् ।

अर्जुनले एक साक्षात्कारमा आफुलाई सबैले विवाहको कुरा सोध्ने गरेको हुँदा सो विषयमा रिसाउँन छोडेको भनेका थिए । तर उनले पछिल्लो समय आफूलाई छोरी जन्माउन मन लागेको प्रतिक्रिया दिँदै आएकी छिन् । मलाईकाको उमेर ५० बर्ष नजिक छ । यो उमेरमा उनी सन्तान जन्माउन चाहान्छिन् ।