काठमाण्डौमा ‘बाटिक मेला’ सम्पन्न

काठमाण्डौको अन्नपूर्ण होटलमा ‘बाटिक मेला’ आयोजना गरिएको छ । इन्डोनेसियाली दुतावास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यलयद्धारा आयोजित मेलामा इन्डोनेसियाली बाटिकद्धारा निर्मित पहिरनहरु प्रदर्शनमा राखिएका थिए ।

कार्यक्रमको नेपालका लागि इन्डोनेसियाली राजदुत रिनो पी सोएमर्मो र नेपालका लागि इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका थिए । नेपाल र इन्डोनेसियाको सांकृतिक समानताहरुलाई जनस्तरमा पुर्याउन र एकले अर्का देशका पर्यटकहरुलाई आफ्नो देशमा स्वागत गर्नका लागि यस्तो कार्यक्रमको आवश्यकता रहेको कार्यक्रममा बताइएको थियो ।

Advertisement