करिश्माले यो वर्ष होली नमनाउने

हरेक वर्ष आफ्नै घरको प्राङ्गणमा होली मनाउने नायिका करिश्मा मानन्धरले यस वर्ष भने होली नमनाउने भएकी छिन् । देशमा कोरोनाको सन्त्रास फैलिरहेकाले उनले होली नमनाउने निर्णय गरेकी हुन् ।

गोदावारीमा रहेको उनको घरमा होली मनाउन फिल्म क्षेत्रसँग सम्बन्धित धेरै व्यक्तिहरु पुग्ने गर्दथे  ।

कोरोनाका कारण होलीमा पानी र रंगसँग नखेल्न पनि चिकित्सकहरुले सल्लाह दिइरेहकाले आफूले होली नमनाउने निर्णय गरेकी करिश्माको भनाई छ । होली नमनाउने भएपछि करिश्माको होलीमा खर्च हुने रकम १ लाख १ सय १ रुपैयाँ स्वर्गिय केशव भट्टराईको परिवारलाई सहयोग गरेकी छिन् ।

Advertisement