May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

नायिका महिमा सिलवालको सवारी दुर्घटनामा निधन

काठमाडौं । नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ बुधबार साँझ धादिङको गजुरीमा उनिहरु सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा उनिहरुको ज्यान गएको हो। प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए ।महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारका लागि काठमाडौँ ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । महिमा बहिनी सर्मिलासहित चितवनस्थित घर जाँदै थिइन्।

Advertisement