२० अंकले बढ्यो नेप्से, ७ अर्ब ९० करोडको कारोबार

काठमाडौं। साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि सेयर बजारमा उत्साह देखिएको छ।

Advertisement

आइतबार उच्च अंकले बढेको सेयर बजार सोमबार पनि २०.६४ अंक बढरे सेयर बजार परिसूचक नेप्से २९ सय ४७.३८ विन्दुमा पुगेको छ।

यसदिन १ करोड ४४ लाख, ४७ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९० करोड, १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज मध्येभोटेकोशी जलविद्युत आयोजनाको सेयरमा सकारात्मक सर्किट लागेको छ भने अरुण भ्याली हाइड्रोको सबभन्दा धेरै कारोबार भएको छ।