३० अंकले घट्याे नेप्से, काराेबार रकममा भने वृद्धि

काठमाडौं। यो हप्ता लगातार बढेको सेयर बजार आज बुधबार भने घटेको छ। आज सेयर बजार परिसूचक नेप्से ३० दशमलव ५१ अंकले घटेर २८०३ दशमलव ६२ विन्दुमा झरेको छ।

Advertisement

यसदिन व्यापार, उत्पादन र लगानीबाहेक अरू सबै समूहको सेयर घटेको छ। निर्जीवन बीमा समूहको सेयर सबैभन्दा धेरै दुई सय ६६ अंकले घटेको छ। त्यस्तै जीवन बीमाको सेयर एक सय ९, विकास बैंकको सेयर एक सय २२, होटल तथा पर्यटनको शेयर ७८ र अन्य समूहको सेयर ७६ अंकले घटेको छ।

आज सेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ। आज २२९ वटा कम्पनीको १ करोड ६१ लाख कित्ता सेयर ८ अर्ब तीन करोड रुपैयाँ बराबारको कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

यसदिन हिमालय ऊर्जा विकास कम्पनीको सेयर सबैभन्दा धेरै ६ दशमलव २१ प्रतिशतले घटेको छ। समग्र बजार घटे पनि कर्पोरेट डेभलपमेन्छ बैंक र निफ्राको सेयरमा सकारात्मक सर्किट लागेको छ।