४९ अंकले बढ्यो नेप्से, ६ अर्ब ७२ करोडको कारोबार

काठमाडौं। आज मंगलबार पनि सेयरमा हरियाली छाएको छ। सोमबार १९ अंकले बढेको सेयर बजार परिसूचक नेप्से ४९. १९ अंकले बढेर २८ सय ३४.१३ विन्दुमा पुगेको छ।

यसदिन ११ करोढ, ९ लाख ७० हजार २ सय २५ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब, ७२ करोड, ४५ लाख २६ हजार बराबरको कारोबार भएको छ।

आज नारायणी विकास बैंक, नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स, कर्पोरेट विकास बैंक र मध्ये भोटेकोशी जलविद्युत् आयोजना कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। यस्तै सबैभन्दा धेरै टर्नओभर अपि पावर कम्पनीको भएको छ।

Advertisement