नेप्सेले पार गर्‍याे २६ सय विन्दु, ४ अर्ब ५३ करोडकाे काराेबार

काठमाडौं । सेयर बजारमा आज सोमबार पनि हरियाली छाएको छ। सेयर बजार परिसूचक नेप्से ३२ अंकले बढेर २६ सय १६ दशमलव ९४ विन्दुमा पुगेको छ।

Advertisement

सोमबार उत्पादनबाहेक सबैजसो समूहको सेयर बढेको छ। आज दुई सय ३० कम्पनीका ८२ लाख पाँच हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५३ करोड ३० लाख रुपैयाँमा कारोबार भएको छ।

आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले तथा गुराँस लघुवित्त कम्पनीको साढे नौ प्रतिशतले बढेको छ।

यस्तै, आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २८ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।