सेयर बजारमा ५ अंकले सुधार : साढे ३ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजारमा ५ अंक बढीको सुधार आएको छ। बुधबार नेप्से परिसूचक ५.५१ अंकले बढेर २५ सय २४ विन्दुमा बन्द भएको छ। मंगलबार सूचक २.६६ अंकले घटेर २५ सय १८.९९ बिन्दुमा अडेको थियो।

Advertisement

यस्तै सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ। यसदिन २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर ४२ हजार ५१२ पटकमा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँमा कारोबार भयो।

मंगलबार २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँमा खरिदबिक्री भएको थियो। बुधबार कारोबारमा आएका १३ समूहमध्ये सात समूहको सेयर मूल्य बढेको छ। बाँकी व्यापार, विकास बैंक, फाइनान्स, जीवन बीमा र लगानी समूहको सेयर घटेको हो।

यसदिन निर्जीव विमा समूहको सर्वाधिक २.२१ प्रतिशतले मूल्य बढेको हो। यसदिन कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएन। दुई कम्पनीमध्ये भोटेकोशी जलविद्युत र नेपाल बंगलादेश बैंकको मूल्य क्रमश ९.९९ र ९.०८ प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५२ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।