नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले घटेको छ। सोमबार उच्च अंकले घटेको नेप्से परिसूचक मंगलबार २.६६ अंकले घटेर २ हजार ५ सय १८.९९ अंकमा अडिएको छ।

नेप्सेसँगै आज कारोबार रकममा पनि कमी आएको छ। आज ५८ लाख २८ हजार ७८३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँको कारोबार भएको छ।

आज बैंकिङ, होटल तथा पर्यटन, बिमा कम्पनी, लघुवित्त समूहको सेयर मूल्य घटेपनि व्यापार, विकास बैंक, हाइड्रोपावर, फाइनान्स समूहको सेयर मूल्य बढेको छ।

Advertisement