May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

सीडीएमए सीम हुनेलाई टेलिकमको आकर्षक अफर, निःशुल्क कल, एसएमएस र इन्टरनेट

सीडीएमए मोबाइल हुनेहरुको लागि नेपाल टेलिकमले आकर्षक अफरसहितको प्योकज ल्याएको छ । आफूसँग भएको सीडिएमए मोबाइललाई जीएसएम मोबाइलमा रुपान्तरण गर्नेका लागि टेलिकमले यस्तो अफर ल्याएको हो ।

Advertisement

यसरी मोबाइल ट्रान्सफर गर्नेलाई नयाँ प्राप्त हुने जीएसएम प्रिपेड सीममा ६ महिनासम्म ३०० मिनेट कल, ३०० वटा एसएमएस र ४ जीबी डाटा निशुल्क उपलब्ध हुनेछ ।

त्यस्तै, सीडीएमए पोस्टपेडलाई परिवर्तन गरी जीएसएम पोस्टपेड बनाउनेलाई ६ महिनासम्म मासिक ३०० मिनेट कल, ३०० वटा एसएमएस, सबै नेटवर्कमा ५० मिनेट कल र ६ जीबी डाटा निःशुल्क रुपमा उपलब्ध हुनेछ ।

यसरी सीम परिवर्तन गर्दा सीडीएमएमा रहेको ब्यालेन्स स्वतः नयाँ सीममा ट्रान्सफर हुने र सीम परिवर्तनको शुल्क पनि नलाग्ने टेलिकमले प्रष्ट पारेको छ ।

कस्तो हुन्छ नयाँ नम्बर ?

सीडीएमएलाई परिवर्तन गरी बन्ने जीएसएम प्रिपेडको पछिल्लो ७ वटा नम्बर पहिलेकै हुनेछ भने जीएसएम प्रिपेडको पछिल्लो ६ वटा नम्बर एउटै हुनेछ । उदाहरणको लागि यसअघि ९७४१५५५५५५ नम्बर रहेको फोनको नम्बर अब ९७६१५५५५५५ बन्नेछ । त्यस्तै, अहिले भएको ९७५१०५५५५५ नम्बरको टेलिफोन नम्बर ९८५१३५५५५५ नम्बरमा रुपान्तरण हुनेछ ।