नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर भाँडियो, राष्ट्र बैंकले कार्वाही गर्ने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ। शुक्रबार बसेको हिमालयन बैंकको साधारणसभाको बहुमत सदस्यले मर्जरको विरुद्धमा मत जाहेर गरेपछि दुई बैंक बीचको मर्जर प्रक्रिया भाँडिन पुगेको हो ।

Advertisement

आजै बैंकले राष्ट्र बैंकमा डीमर्जरका लागि पत्र पठाएको छ । तर, लामो समयसम्म मर्जरका लागि भएको पहल अन्तिम समयमा आएर भाँडिएसँगै राष्ट्र बैंक दुबै बैंकसँग रुष्ट भएको छ ।  अन्तिम समयमा आएर मर्जर भाँडिएसँगै राष्ट्र बैंकले दुईवटै बैंकलाई कारबाही गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार यी दुई बैंकलाई तीन वर्षसम्म लाभांश वितरणमा रोक लगाउने देखि, साखा सञ्जाल विस्तार र राष्ट्र बैंकबाट पाउने अन्य सेवा सुविधाबाट समेत दुबै बैंकलाई बञ्चित गराउने सम्मको निर्णय हुन सक्ने बताइएको छ।

यसअघि यी दुई वाणिज्य बैंकहरबीचको मर्जरका लागि भएको प्रयासमा सम्पती मूल्याङ्कनमा इन्भेष्टमेन्ट बैकको बढी र हिमालयन बैंकको कम मूल्यांकन गरिएको भन्दै विवाद हुँदै आएको थियो। सोही विवादका बीच शुक्रबार बसेको हिमालयन बैंकको साधारणसभाले मर्जर अस्वीकृत गरेको हो ।