प्रतितोला पाँच सयले बढ्यो सुन, चाँदीको मूल्य यथावत

काठमाडौं । बिहीबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार दुई सयमा भएको थियो।

Advertisement

बुधबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेको हो।

त्यस्तै, सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रति‌औंस १८ सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।