चार दिनमा १४३.९ अंकले घट्यो नेप्से
काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन पनि घटेको छ । आइतबार २९२०.५१ बिन्दुबाट कारोबार शुरु भएको बजार बुधबार आइपुग्दा २७७६.६१ विन्दुमा झरिसकेको छ ।
साताको चौथो दिन बुधबार ३८.४५ अंकले बजार ओरालो लाग्यो । यो साता सरकारले विभिन्न क्षेत्रमा महामारीका कारण कडाइ गरेका कारण तरलता संकट कम भएर शेयर बजार बढ्ने अपेक्षा विपरीत सबै दिन ओरालो रह्यो ।
चार दिनमा बजार १४३.९ अंकले घटेको हो । बुधबार सबै उपसमुह राताम्य रहे । त्यसमा पनिसबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । बुधबार कारोबार रकममा समेत ठूलो गिरावट आएको छ ।
कुल २३३ कम्पनीको ६१ हजार ४ वटा कारोबारबाट बुधबार ९३ लाख ५८ हजार ७ सय कित्ता शेयर किनबेच भएको छ । यो किनबेचबाट ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँको कारोबार भएको छ । बुधबार वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो ।
प्रतिकृया दिनुहोस्