सुनको मूल्यमा वृद्वि

काठमाडौं । बुधबार (आज) नेपाली बजारमा सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसर्थ, बुधबार सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो ।त्यसैगरी, बुधबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य बढेर प्रतिऔंस १८ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Advertisement