सुनको मूल्यमा गिरावट

काठमाडौं। साताको पहिलो दिन आज (आइतबार) सुन चाँदीको भाउ केही घटेको छ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले र चाँदीको १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ तोलामा ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, चाँदीको भाउ तोलामा १३ सय १५ रुपैयाँ तोकिएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार सार्वजनिक बिदाबाहेकका दिनमा सुन चाँदीको मूल्य निर्धारण गर्ने गरेको छ ।

Advertisement