२० करोड बराबरको ट्रेजरी बिल सार्वजनिक गर्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्ने भएको छ।

Advertisement

बैंकले माघ ४ गतेदेखि आगामी बैशाख ६, २०७९ सम्म, कुल ९१ दिनका लागि २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सार्वजनिक गर्न लागेको जनाएको छ।

सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ९१ दिनका लागि जारी हुने ट्रेजरी बिल बैशाख ६ गते परिपक्व (म्याचुरिटी) हुने जनाएको छ।

इच्छुक खरिदकर्ता व्यक्ति वा संघ संस्थाले बैंकको वेभसाइटमा गएर बिलका लागि आवेदन दिन सक्ने छन्। कुल २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमध्ये १५ प्रतिशत भने प्रतिस्पर्धामा नराखि बैंकमा नै सुरक्षित गरिने बैंकले जनाएको छ।