May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

साङ्ग्रिला डेभलपमेन्ट बैंकले बोलायो २३ चैतमा साधारणसभा, लाभांश र मर्जर मुख्य एजेण्डा

काठमाडौं । साङग्रिला डेभलपमेन्ट बैंकले २३ चैतमा वार्षिक साधारणसभा बोलाएको छ । बैंकले लाभांशका साथै मर्जरको एजेण्डा साधारण सभामा लैजाँदैछ ।

Advertisement

बैंकले साधारणसभामा २ अर्ब ६० करोड रुपैयाँ कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश एजेण्डा लगेको छ ।

बोनस सेयर वितरणपछि चुक्ता पुँजी १३ करोड ३ लाख रुपैयाँले बढ्ने छ । बैंकले उपयुक्त संस्था भेटिए मर्जर तथा प्राप्तिमा जाने एजेण्डा पनि अगाडि सारेको छ ।

बैंकले ढिलोगरी साधारणसभा गर्ने भएको हो । बैंकले अघिल्लो वर्ष ८.९६ र त्यसअघि ९.४५ प्रतिशत लाभांश दिएको थियो ।

त्यसअघिका वर्षहरुमा भने दोहोरो अंकमा लाभांश वितरण गर्दै आएको थियो । पुँजी वृद्धि, कोभिडजस्ता कारणले लाभांश घट्दै गएको हो ।