May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले देवकोटालाई सीईओमा नियुक्त गरेको हो ।

यसअघि उनी सिटिजन्स् बैंक इन्टरनेशनलमा डेपुटी सीईओका रुपमा कार्यरत थिए । सिटिजन्स बैंकमा स्थापनाकालदेखि नै आबद्ध रहेका देवकोटाले महालक्ष्मीको सीईओ हुने टुंगो लागेसँगै १ चैतबाट लागु हुनेगरि बैंक छाडेका थिए ।

काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल गरेका देवकोटासँग बैंकिङ क्षेत्रको करिब साढे दुई दशकको अनुभव छ ।

Advertisement