May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

सुनको मूल्य तोलामै ८० हजार तीन सय

काठमाडौं । सुनको मूल्य तोलामै ८० हजार तीन सय रुपैयाँ पुगेको छ ।सोमबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८० हजार रुपैयाँ नाघेको हो। महासंघका अनुसार आइतबार तोलाको ७८ हजार ८ सय रुपैयाँ सुनको भाउ सोमबार एकैदिन १५ सय रुपैयाँले बढेर ऐतिहासिक विन्दूमा पुगे पनि चाँदीको मूल्य तोलामा ५ रुपैयाँ मात्रै बढेको छ ।सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको खरिद बिक्री मूल्यअनुसार छापावलको सुनको मूल्य ८० हजार ३ सय छ भने तेजावी सुन ८० हजार प्रतितोलामा कारोबार खुलेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य ९२५ रुपैयाँ पुगेको छ ।

Advertisement