May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

नेपाल बैंकमा लगभग २ सय जनालाई जागीरको अवसर

काठमाडौं । नेपाल बैंक लिमिटेडमा करिब दुई सय जनाका लागि रोजगारी खुलेको छ । त्यसका लागि अनलाइन दरखास्त आह्वान गरिएको छ ।

Advertisement

प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ भने सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

नेपाल बैंकले एक सूचना प्रकाशन गरी लोक सेवा आयोगको सहमतिअनुसार रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । अनलाइन दरखास्त खुलेको र सो को अन्तिम म्याद चैत १२ गतेसम्म रहने छ ।

नेपाल बैंकले सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायक कर्मचारी गरी एक सय ९२ जनाका लागि आवेदन आह्वान गरेको छ ।