May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

मेगा बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपका रेस्टुरेन्ट तथा होटलमा विशेष छुट

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ ग्रुप अफ बिजनेस हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ ।

Advertisement

मेगा बैंक लिमिटेड र सिद्धार्थ ग्रुपबीच भएको सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ ।

सिद्धार्थ ग्रुपबाट देशका बिभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्टहरू संचालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा रेष्टुरेण्टहरु छन् ।

अत्याधुनिक बैंकिङ सुविधाका साथसाथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले ग्राहकहरुलाई यो छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।