April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हो ।

Advertisement

न्यौपानेसँग नेपालका व्यावसायिक घरानामा काम गरेको अनुभव छ । त्यो बाहेक विभिन्न व्यवसायिक संस्थासँग आवद्ध भएर समेत उनले आफ्नो कार्यकुशलता देखाइसकेका छन् ।

उनी अहिले नेपाल व्यावसायिक पहल (एनबीआइ)का सचिव हुन् । यस्तै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यका लागि समेत आवेदन दिएका उनी १० वर्षसम्म बैंक तथा फाइनान्समा सञ्चालक रहीसकेका न्यौपानेले नाडा अटोमोबाइल र हस्पिटल एसोसिएसन लगायतका संस्थामा समेत काम गरिसकेका छन् । निजी क्षेत्रमा काम गरेका न्यौपानेले सिमेन्टलाई पूर्ण क्षमतामा चलाउनुपर्ने अवस्था छ ।

महाप्रबन्धकका लागि न्यौपानेसँगै काठमाडौंका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्याल सिफारिस गरिएको थियो । सिफारिस गरिएका देवकोटा उदयपुर सिमेन्टकै नायब महाप्रबन्धकबाट रिटायर्ड भएका हुन भने अर्याल विभिन्न गैरसरकारी संस्थामा काम गरेका थिए ।

महाप्रबन्धकको पदमा नियुक्तिका लागि १ भदौ २०७७ मा सूचना प्रकाशित गरिएको थियो ।