May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

सेञ्चुरी कमर्सियल बैंकका ७ नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ७ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गर्दै आधिकारिक सुरुवात गरेको हो ।

Advertisement

बैंकका ७ नयाँ शाखामध्ये बाँके जिल्ला, कोहलपुर शाखाको भर्चुअल उद्घाटन बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाटले गरेका थिए भने मुस्ताङ्ग जिल्ला, लेते शाखाको उद्घाटन सञ्चालक समितिकी सदस्य डा. गीता प्रधानले गरेकी थिइन् । यस्तै, ललितपुर जिल्ला, बालकुमारी शाखा, काठमाडौं जिल्ला कपन र नरेफाँट शाखाको उद्घाटन बैंकको सञ्चालक समितिका सदस्यहरु क्रमशः राजेशराज दली, अभिषेक बज्राचार्य र महेशकुमार अग्रवालले गरेका थिए ।

यसैगरी, क्रमशः भक्तपुर जिल्लाको सुकुलढोका शाखा र काठमाडौं जिल्लाको टोखा शाखाको उद्घाटन बैंकको सञ्चालक समितिका सदस्य सुनील कुमार न्यौपाने र उमाकुमारी श्रेष्ठबाट गरिएको थियो ।

सबै क्षेत्रसम्म बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु सञ्चालनमा ल्याई ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

नयाँ सुरु भएका ७ वटा शाखा पश्चात बैंकको कूल शाखा सञ्जाल १२० पुगेको छ ।