May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

नेपालको इतिहासकै सबैभन्दा ठूलो ८ अर्बको आइपीओ खुल्दै, हात खाली नहुने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (एनआईबीएल) ले नेपालको पूँजीबजारको इतिहासकै सबैभन्दा ठूलोे सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने भएको छ । एनआईबीएलले यही आउँदो माघ २ गतेदेखि माघ ६ गतेसम्म ८ अर्बबराबरको आइपीओ ल्याउने भएको छ ।

Advertisement

आइपीओ निष्काशनका लागि यसअघि नै बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्रीप्रबन्धक नियुक्त गरिसकेको छ । बैंकका अनुसार यो निष्काशनसम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुनेछ ।

जम्मा २० अर्ब चुक्ता पुँजीमध्ये १२ अर्ब बैंकका संस्थापकहरुबाट चुक्ता भइसकेको छ भने बाँकी रकम यस आइपीओ निष्काशनबाट चुक्ता हुनेछ ।

हाल पूँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो आईपीओका लागि आवेदन दिने सबै आवेदकहरुको हात खाली नहुने अनुमान गरिएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको स्थापना बैंक तथा वित्तीय संस्था (बीएफआई), जीवन तथा गैरजीवन बीमा कम्पनी, उद्यमीहरु तथा अन्य निजी क्षेत्रका अग्रणी संस्थाका समूह तथा नेपाल सरकारको संयुक्त सहभागितामा भएको हो ।