May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा माघ ८ गते, १८.५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ८ माघमा वार्षिक साधारणसभा बोलाएको छ । बैंकले साधारणसभामा १८.५ प्रतिशत लाभांश पारित गर्ने एजेण्डा राखेको छ ।

Advertisement

बैंकले नगद लाभांश ५.५ प्रतिशत र बोनस सेयर १३ प्रतिशत प्रस्ताव गरेको छ । यसबाहेक अधिकृत पुँजी १८ अर्ब रुपैयाँ पु‍र्याउने एजेण्डा पनि साधारणसभामा लैजाँदैछ ।

साधारणसभाले सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालक चयन गर्ने छ । साथै, मर्जर तथा प्राप्तिको एजेण्डा पनि पेश गरिँदै छ ।

उपयुक्त संस्था भेटिए मर्जर तथा प्राप्तिका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने, डीडीए गर्ने लगायतका अख्तियार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि साधारणसभामा लैजाँदैछ ।

बैंकले गत आर्थिक वर्ष ६५ करोड २३ लाख रुपैयाँ वितरण योग्य नाफा गरेको थियो । चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा २० करोड ५० लाख रुपैयाँ छ ।

१४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ ।