May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

सिन्धुलीमा निर्देशक घिमिरे माथी दुर्ब्यबहार

सिन्धुली । जिल्लाकै नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनका लागि लामो समय देखि सिन्धुलीगढि चलचित्रको खोज, अध्यन, अनुसंधान पश्चात् स्थलगत अध्यन का लागि सिन्धुली पुगेका निर्देशक बिश्व मणि घिमिरे माथी दुर्ब्यबवहार भएको छ । निर्देशक घिमिरे प्रतिको अपमानजक खेदको विभिन्न संघ सस्थाले प्रेस बक्तब्यनै जारी गरेर पुर्ण रुपमा भत्सर्ना गरेका छन।

राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ नेपालका केन्द्रिय सदस्य, राष्ट्रिय चलचित्र संरक्षण मंच का महासचिव, सस्कृती बचाऔ राष्ट्रिय महा अभियानका प्रवक्ता,सस्कृती संरक्षण समाज नेपालका सचिव,चलचित्र निर्देशक समाजका निबर्तमान कोषाध्यक्ष, नेपाल चलचित्र कलाकार संघका सदस्य र निर्माता संघका सदस्य समेत रहेका निर्देशक बिश्वमणि घिमिरेको टोलमा रहेको कमलामाइ नगरपालिका -५ मधुटार स्थित साइनिङमून बोर्डिङ स्कुलको बिबादास्पद अवस्थालाई सहजीकरण गर्ने सन्दर्भमा जिल्ला प्रहरी कार्यालयमा आवाश्यक कानुनबमोजिम गर्ने गराउने गरि सहमति पत्र तयार पारी दुबै पक्षहरूको साक्षी सहितको रोहवरमा सहिछाप गरि बाताबरणको सहजीकरण गरेर फर्किदा बिबादित स्थानमा पुनः मादक पदार्थ सेवन गरि धाक धम्की र सम्झौता बिपरित अराजक प्रवृत्ति देखाइ नाङ्गो नाच प्रस्तुत गर्दै निर्देशक घिमिरेलाई गाली गलौज गर्ने ब्यक्ति प्रत्यक्ष दर्शिका भनाइ अनुसार नाम प्रलाद पोखरेल रहेको र उनै ब्यक्तिले प्रहरी कार्यालयमा पनि अराजक प्रवृत्ति प्रस्तुत गरेको निर्देशक घिमिरेले बताए। समाज रुपान्तरणका लागि जनताको हक अधिकार का निमित्त गरिने राजनीतिलाई ब्यवसाय धन्दा चलाउने, गुणस्तरीय शिक्षा भन्दा सम्पतिलाइ महान ठान्ने ब्याक्तीहरु द्वारा राष्ट्रिय ब्यक्तित्व चलचित्र निर्देशक घिमिरे प्रति गरिएको अमानवीय ब्यवहारको जति निन्दा गरेपनी कमै हुन्छ ।

यस्ता असामाजिक तत्वलाइ यथा सक्य कार्वाही गर्न सम्बन्धि निकायको ध्यानजानु जरुरी छ । बिना स्वार्थ देश र जनताको मुद्दा लाई चलचित्रको माध्यमद्वारा राज्यलाई ध्यानाकर्षण गराउने ब्याक्तित्वलाई सम्मान गर्ने नसक्के स्कुलका शेयर धनि वा संचालकले शैक्षिक सस्था जस्तो पबित्र स्थानमा बस्ने कुनै नैतिकता नरहेको र यस्ता खाले प्रवृत्ति बाट बालबालिकामा सकारात्मक भन्दा बडि नकारात्मक मनोबैज्ञानिक असर पर्ने हुदा म माथी प्रयोग गरिएका भाष्य भन्दा पनि, यस्ता भाष्य प्रयोग गर्ने दुब्लो मानसिकता भएकाहरु बाट अभिभावकहरुले पनि सचेत रहनु पर्ने सामाजिक न्यायको सिद्धान्त पनि यहि भएको बैज्ञानिक तथ्य निर्देशक घिमिरेले बताउनु भयो ।

Advertisement