May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

छुरा प्रहारबाट घाइते युवा न्यायका लागी भौतारीदै: सिरहा प्रहरीको जिम्मेवारी फितलो

महेश सिंह

Advertisement

सिरहा लहान- सिरहाको नबराजपुर गाउँपालिका वडा नम्बर ४ मा एक जना युवा माथी छुरा प्रहार भएको छ। स्थानीय नवराजपुर वडा नम्बर ४ नयाँटोल नहरनियाँ बस्ने कामेश्वर यादवको १५ वर्षिय छोरा राम रिझन यादव माथी युवाहरूको एक समुहद्वारा छुरा प्रहार भएको छ्। छुरा प्रहारबाट यादव घम्भीर घाइते भएका थिए।घाइते युवालाई सोनवर्षा चौकमा प्राथमिक उपचार पछि थप उपचार का लागी बिराटनगर लगिएको थियो।

घाइते युवाको समयमा उपचार नभएको भए ज्यान मृत्युको मुखबाट फरकेका स्थानीय प्रत्यक्ष दर्शीलेहरुले बताएका छन्। घटना भएको झन्डै हप्ता हुन् लाग्दा अप्रराधी खुले आम रूपमा घुमि रहेको पीडित पक्षको आरोप रहेको छ्। घाइते पीडित यादवका अनुसार जनता माद्यामिक बिधालय सोनवर्षामा बिधालय ब्यवस्थापन समिति चुनावको लागी बिधालयमा २०७८-९-२९ गते बेलुका ५ बजे सम्मको लागि कक्षा ११ को भर्ना कार्यक्रम सार्वजनिक गरेको थियोे।

बिधालयले सार्बजनिक गरेको भर्ना अभियानमा सयौं विद्यार्थीहरुले नमाङ्क्न/भर्ना लिएका थिए। भर्ना अभियानमा अनियमितता भएको कुरा बाहिर आउँदा केहि अभिभावकहरुले आक्रोशित हुँदै खेद प्रकट गरेका छन्।

स्थानीय युवा सोही बिधालयको छेउको सडक हुँदै घर आउँने क्रममा युवाहरूको एक समुहले निर्दोष युवा राम रिझन यादव माथी एकासी ज्यान मार्ने गरी धरीलो छुरा प्रहार गरी घाइते बनाए छन्। पीडित यादवका अनुसार आफुलाई छुरा प्रहार गर्नमा संगल्न रहेका स्थानीय नवराजपुर गाउँपालिका वडा नम्बर ४ बस्ने नागेन्द्र यादवको छोरा बर्ष २४ को सन्तोष यादव,बिशेश्वर मण्डलका छोरा बर्ष ३० को कृष्णा मण्डल,सोही ठाँउ बस्ने दलु यादवका छोरा अन्दाजी ४० बर्षका बिनोद यादव,सुरज यादवको छोरा बर्ष ४५ को राम अधिन यादव,बौए लाल यादवको छोरा अन्दाजी ३५ वर्षिय देब राम यादव,बिल्टु मियाँको छोरा अन्दाजी ४५ बर्ष का रोस्तम मियाँ रहेको छ्।

घाइते यादवका अनुसार उक्त घटनाको मुख्य नायक सन्तोष यादव नै रहेको घाइते राम रिझन यादवले पत्रकार समेलनमा आरोप लगाएका छन्। घाइते यादव न्यायका लागी भौतारी रहेका छन्। न्याय न पाएको अवस्था रहेको पत्रकार समेलनमा दु:ख व्यक्त गरेका थिए। पुलिस प्रसासण समेत अपराधीलाई कार्बाहीको दाईरामा नलगेको पीडितको आरोप रहेको छ्।

आरोपित सन्तोष यादवका अनुसार आफू उक्त घटनामा संग्लन न रहेको बताए।आफुलाई नबराजपुर गाउँपालिका अन्तर्गत कार्यरत रहेको छु।घटनाको विषयमा आफुलाई कुनै जानकारी न भएको बताए।घटना घटेको बेला आफू गाउँपालिकाको कार्यमा ब्यस्त रहेको थिए उनले बताए। कार्यालय छुट्टी भएको बेला आफू घर गई राखेको बेला घटना भए पश्चात् घाइते युवा यादवलाई उपचार गराउन लगिदै गर्दा आफुलाई बाटोमा भेटेको उनको भनाई छ।

आरोपित यादवले भने आफुलाई राजनीति प्रतीसोधका भावनाले आफू लगायतका युवाहरूलाई फाउन लगेका बताए। उल्लेखित ब्यक्तीहरु पुर्ण रूपमा निर्दोष रहेको र हामीहरु माथी झुठो आरोप लगाएको उनको भनाई रहेको छ।

पीडित घाइते यादवका दाजु दिपेन्द्र यादवका अनुसार यहाँका पुलिस र स्थानीय सरकारले समेत अपराधीलाई कार्बाही नगरेको अवस्था रहेको बताए। घटना भएको ५ दिन भयो अहिले सम्म सिरहा प्रहरीले अपराधीलाई कार्बाही गर्न नसकेको र प्रहरीको भुमिका पितलो देखिएको बताए। यस्तो भयो भने जोकोई जनता असुरक्षितको महसुस गर्ने भए र नेपाल पुलिस प्रतिको बिश्वासनियता जनसमुदायको घाटदै गरेको अवस्था रहेको बताए।