May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

केटी साथीलाई फेसबुकमा अश्लील फोटो पठाउने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा महिलालाई अश्लील भिडियो, फोटो र सन्देश पठाइ यौन उत्पीडन कार्य गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा सल्यानको कालागाउँ–३ बाल्ले घर भई हाल कुमाख गाउँपालिका – ४, सेराडाँडा बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही छन् ।

उनले एक परिचित महिला साथीलाई फेसबुक म्यासेन्जरमार्फत् अश्लील भिडियो, फोटो तथा सन्देश पठाउने गरेका थिए ।

शाहीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइ साइबर ब्यूरोको टोली सल्यान पुगेको थियो ।

उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा यही ५ माघमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिएका छन् ।