१० केजी गाँजासहित श्रीमान-श्रीमती पक्राउ

जनकपुरधाम । सर्लाहीमा प्रहरीले गाँजासहित श्रीमान-श्रीमतीलाई पक्राउ गरेको छ ।

Advertisement

महोत्तरीको गौशाला नगरपालिका ३ का ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह पक्राउ परेका हुन् ।

ज ११ प ७९७१ नम्बरको मोटरसाइकलमा सवार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका(१३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिएका छन् ।

मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताएका छन् ।