कैँची प्रहार गरी युवकको हत्या, भारतीय नागरिक पक्राउ

काठमाडौं, २२ पुस ।कैँची प्रहार गरी युवकको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ बाइपास ओरालो बस्ने भारतको मोतिहारी घर भएका २५ वर्षीय सुवोध मियाँ रहेका छन् ।

मंगलबार राति सुवोधले कैँची प्रहार गर्दा भारतको मोतिहारी घर भएका २५ वर्षीय कलाम मियाँ गम्भीर घाइते भएका थिए । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मंगलबार राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जनाले सिलाइ कटाइको काम गर्दा रहेछन् । घट्नाको प्रारम्भिक अवस्था हेर्दा उनीहरु बीच पहिलादेखि नै सम्बन्ध राम्रो देखिदैन । मंगलबार राति आपसी विवाद हुँदा सुवोधले कलाममाथि कैँची प्रहार गरेको देखिन्छ । घटनबारे थप अनुसन्धान भइरहेकोले बाँकी कुरा खुल्दै जाला ।’ प्रहरी स्रोतले भन्यो । कलाममाथि कैँची प्रहार गरेपछि टाटा सुमो रिजर्भ गरेर भाग्दै गरेको अवस्थामा सुवोधलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीको सहयोगमा बुधबार बिहान नियन्त्रणमा प्रहरीले जनाएको छ । पक्राउ परेका सुवोधमाथि थप अनुसन्धान भइरहेको छ ।

Advertisement