May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

चार जना नक्कली सीआईबीको परिचय पत्र बनाउने पक्राउ

जनकपुरधाम– जनकपुरधाममा सीआईबीको नक्कली परिचय पत्र बनाउने ‘गिरोह’ पक्राउ परेका छन् ।

Advertisement

शुक्रबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै सीआईबीको नक्कली परिचयपत्र र स्ट्याम्प बनाउने गिरोहका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार राज्य अररिया फाविशगंज घर भई मोरङ्गको विराटनगर उपमहानगरपालिका–१ बस्ने राजकुमार साहुका २७ वर्षीय छोरा समीर साह, महोत्तरी भङ्गहा नगरपालिका–९ बस्ने दिनेश यादवका २१ वर्षीय छोरा आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने बैजनाथ साहका ३० वर्षीय छोरा चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका –२ बस्ने सुट्टा साहका ५० वर्षीय छोरा रामचन्द्र साह रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई जनकपुरधामस्थित सिटी प्यालेस गेष्ट हाउस एण्ड फेमिली रेष्टुरेन्टबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार उनीहरु बस्ने कोठामा रहेको व्यागबाट तीन थान प्लाष्टिकका नक्कली पेस्तोल र विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर तथा चेक बुकहरु बरामद भएको छ ।

‘पक्राउ परेका चारै जनाले जागिरको प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ धनुषाका एसपी रमेश कुमार बस्नेतले भने, ‘ठगी गरी कुन बैंकमा कति रकम राखेको भन्ने कुरा खुल्न सकेका छैन ।