April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

बालुवाटार जग्गा प्रकरणः प्रमुख अभियुक्तकी पत्नी २ लाख धरौटीमा रिहा

काठमाडौं।प्रधानमन्त्री निवास बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् ।

Advertisement

उनी मुख्य अभियुक्त जग्गा दलाल शोभाकान्त ढकालकी श्रीमती हुन। विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल्नीसँग ९१ लाख २० रुपैयाँ विगो असुलीको दावीसहित दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

सो मुद्दा दायरपछि विहीबार ढकाल्नी विशेष अदालतमा हाजिर भएकी थिइन्। विशेष अदालतमा बिहीबार भएको थुनछेक बहसपछि २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वं प्रमुख आयुक्त दिप बस्न्यात पुर्पक्षका लागि थुनामा छन्।सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका ढकालसँग अख्तियारले ३९ करोड भन्दा बढी बिगो मागदाबी गरेको छ ।