जीवनको बदलामा मृत्यु उपहार

जूनतारा,डाँडाकाँडा, उकालीओराली, वनपखेरु छिछोल्दै आएर गन्तव्य सकियो।
धर्मकर्म, पापपुण्य, सहयोग,मागी,चोरी, हासीखुशी रोदन सकेर गन्तव्य सकियो
मायाप्रेम सकियो, जोडिएका सम्बन्ध सकियो,आफन्त सकियो, साथीसँगी सबका सब सकियो,,
त्यसपछि,
मेरो जीवनको गन्तव्य नै सकियो
रिसराग लाई आगोमा जलाई दिए शत्रुहरूलाई खुसी बनाइदिए

Advertisement

आफन्तलाई केही समय पिरमा बदल्दिए अनि परिवारलाई शोक मनाउन भनिदिए।
नयाँ यात्रा, नयाँ पात्र छुट्टै नाम अनि बेग्लै पहिचान बनाएर मैदानमा उत्रिदै थिए।

जन्म देखि होहल्ला, कोलाहल, मानव, दानव, इच्छा,आकांक्षा,प्रेम,इर्श्या आदिको अनुभूति त लिए
बाँकी थियो अब बिना सासका आफ्नै लास माथी प्रश्न गर्ने।
म आफ्नो चितातिर प्रस्थान हुँदै थिए।
म सङ्गै मेरा वरिपरि उस्तै लासहरु पालो पर्खिदै थियो।
लाग्छ जीवित हुँदा मात्रै रहेछ तछाँडमछाड गर्ने त
मृत्यु पछि को यात्रा त कमिलाको ताती जस्तै रहेछ चुपचाप रहिरहने।

कोमल मनहरु पग्लिदै थिए, नरम आँखाहरू भिजिदै थियो
कोही शृङ्गारिक रूपमा मुस्कुराउँदै
कोही निक्कै हतासमा देखिन्थ्यो
ती हतारिएको पाइलाहरू देखेर मलाई भन्न मन थियो मृत्युको भन्दा अर्को गन्तव्य नी रहेछ जहाँ फर्केर आउनेहरू पनि पछुतो मानिने रहेछन्।
निक्कै आनन्दित छु
जीवनको एक युग हिनेका थकानहरु शृङ्गारिएका चिता माथि बिसाउन पाए।
निक्कै खुसी छु
यादगार चिनारीहरु छोड्न पाए।

वियोगको आँशुले नित्रुक्का भिजिएको ती अनुहारहरू पनि थियो
लाग्छ,
कसैले नचाहेर पनि एक काटी सलाई लगाइदिए म भन्दा पहिला उनीहरू जल्ने छन् ती आँशुमा ।

चिटिक्क सजिएका चिताहरुसङ्ग बोल्न मन लाग्छ
पाइला बसाउँदै आएका बाटाहरूसङ्ग बोल्न मन लाग्छ
जीवनलाई बलि चढाएका खुनहरु सङ्ग बोल्न मन लाग्छ
अनि जीवन कै बदलामा दिएका यि मृत्यूहरु सङ्ग बोल्न मन लाग्छ

तर म ढुक्क छु
उत्तरको पर्खाइमा मेरा प्रश्नहरू विचल्लित बन्नेछन्।
एक्लिने छन्, बेवारिसे हुनेछन्, नाङ्गिने छन् अनि भोकी हुनेछन्
त्यसैले त मौन छु यि सेतो भेष अनि शृङ्गरिएको रूप र सास फेर्न भुलिएका यी आवाजहरू।

जिउँदा जीवनहरुलाई मृत्यु उपहार पठाएकी छु
खरानीको निसानी, ज्वालाहरुसङ्गांको संग्राम अनि जीवनलाई हराएर पाएको यो मृत्युको विजेता बनेकी छु।

रहे जीवन हासो, खुशी, रोदन बारबार
नरहेमा जीवन जगत् मृत्यु उपहार।

प्रशंसा थीङ (ज्ञानी)