‘कलाशिरोमणि : केशव दुवाडी’ लोकार्पित

नेपाली नोटको ढाँचा निर्माण गर्ने कला इतिहासका मूर्धन्य व्यक्ति केशव दुवाडीको व्यक्तित्व र कृतित्वबारे लेखिएको पुस्तक ‘कलाशिरोमणिः केशव दुवाडी’ को आज एक समारोहका बीच विमोचन गरिएको छ ।

Advertisement

मा संस्कृतिविद् सत्यमोहन जोशी र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस्तक विमोचन गर्नुभएको हो । विसं १९७८ मा जन्मिनुभएका दुवाडीको विसं २०५३ मा देहावसान भएको थियो । आज परेको उहाँको २५औँ स्मृति दिवसका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

समारोहमा सञ्चारमन्त्री कार्कीले दुवाडीले नेपाली कलाको विकासमा गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले दुवाडीको सपना पूरा गर्न र उहाँले कलामार्फत मुलुकलाई पु¥याएको योगदान भावी पूस्तामा पु¥याउन कलाकारलाई सुझाव पनि दिनुभयो । उहाँले सरकारका तर्फबाट दवाडीलाई उचित सम्मान दिने आश्वासन दिनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले अग्रज कलाकार दुवाडीको योगदान अविश्मरणीय रहेको उल्लेख गर्दै प्रतिष्ठानले पनि उहाँको सम्मानमा पुस्तक निकालने जानकारी दिनुभयो ।

संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली नोट डिजाइको समयमा दुवाडीसँग सँगसँगै काम गरेको स्मरण गर्दै उहाँको योगदान ओझेलमा परेको सुनाउनुभयो । विधि पु¥याएर चित्रकलाको सुरुआत गर्ने दुवाडी मेमेरेटिभ चित्रकला परम्परा थालनी गर्ने कलाकार भएको उल्लेख गर्दै जोशीले उहाँलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी दमनाथ ढुङ्गानाले देश निर्माणमा योगदान गर्ने राष्ट्रका सपुतलाई उनकै परिवारबाट स्थापित प्रतिष्ठानमार्फत सम्झनुपर्ने विडम्बना नेपालमा रहेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले कलामार्फत मुलुकको शीर उँचो बनाउने कलाकारको एउटा हुलाक टिकटसमेत ननिस्किनु दुखद् हो भन्नुभयो ।

पुस्तकका लेखक प्रा कृष्णप्रसाद दाहालले नेपाली कला इतिहास निर्माण गर्ने दुवाडी ललितकला विधाका प्रथम स्नातकोत्तर व्यक्ति भएको जानकारी दिनुभयो । उहाँका अनुसार दुवाडी हाल चलनचल्तीमा रहेको नेपाली नोटका डिजाइनर हुनुहुन्थ्यो । उहाँसँगै जोशी र लैनसिंह वाङ्देलको टोलीले नोटको डिजाइन गरेको थियो । दुवाडीले चलाएको कुचीले रङ् भरेर नोट तयार भएको र हाल राजाको तस्वीर हटाइए पनि नोटको डिजाइन पुरानै चलनचल्तीमा रहेको बताउनुभयो ।

पत्रपत्रिकामा आवरण चित्रको थालनी पनि दवाडीले नै गर्नुभएको थियो । जुद्धकला पाठशालाका प्रथम प्राधानाध्यापक दुवाडी ललितकला क्याम्पसका पनि प्रथम प्राचार्य हुनुहुन्थ्यो । यी विविध आयाम समेटेर पुस्तक प्रकाशन गरिएको बताउँदै प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार दुवाडीले कलाकारलाई राज्यस्तरबाट अवमूल्यान भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको कला इतिहासलाई फराकिलो पार्नुभएको छ तर राज्यका तर्फबाट एउटा हुलाक टिकट पनि प्रकाशन नहुनु दुखद् छ ।”