May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

कवितासङ्ग्रह ‘चिबेचरा’ सार्वजनिक

युवा कवि केशव सिलवालको नयाँ कविताकृति ‘चिबेचरा’ आज सार्वजनिक भएको छ । ‘उन्मुक्त पुस्ता’द्वारा आयोजित कार्यक्रममा कवि विमल निभा, जनगायक माइला लामा, स्रष्टाहरू धनकुमारी सुनार र उज्ज्वल प्रसाईँले संयुक्तरूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । वक्ताहरूले पुस्तकबारे समीक्षा गर्दै ‘चिबेचरा’ समाजमा सीमान्तकृत र पछाडि पारिएका वर्गका पक्षमा लेखिएको बिम्बात्मक कविताको सङ्कलन भएको बताउनुभयो ।

कार्यक्रममा मुक्तान थेवे, छम गुरुङ, सङ्गीता उराव, केवल बिनाबीले कृतिभित्रका कविता वाचन गर्नुभएको थियो । प्रगतिवादी खेमाका सशक्त कवि सिलवालको यसअघि ‘वर्जित अवशेष’, ‘धारिला मान्छेहरू’ कविता सङ्ग्रह प्रकाशन भइसकेको छ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका उपप्राध्यापक ललितपुर निवासी सिलवाल अखिल नेपाल लेखक सङ्घ, प्रगतिशील लेखक सङ्घ, नागार्जुन साहित्यिक प्रतिष्ठानलगायत संस्थामा पनि आवद्ध हुनुहुन्छ ।

Advertisement