मेलिना राई तथा पुष्कर आचार्यको स्वरमा रहेको आधुनिक गित ” दिलको झोलामा ” को भिडियो सार्वजनिक (भिडियो सहित )

काठमाडौँ ।  नेपालि चाड तिज सकिन साथ मेलिना राई र पुष्कर आचार्यको आधुनिक गित ” दिलको झोलामा ” को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

Advertisement

चर्चित गायक गायिकाको स्वरमा सजिएको उक्त गितमा ” दिनेश रेग्मि ” र अस्विनि शाहिले अभिनय गरेका छन । कृष्ण लामिछानेले एरेन्ज गरेको यो गितको संगीत पुष्कर आचार्यले गरेका हुन । बिरेन्द्र परियारले छायांकन गरेको गितको इडिटर मिक्सिङ तारा थापा किम्भे र रङ्ग सम्योजन सागर कुमारले गरेका छन । उक्त गितको अडियो ,भिडियो सिने नेपाल प्रा.लि ले सार्वजनिक गरेको हो ।

सिने नेपाल युटुब च्यानलबाट बाजारमा सार्बजनिक भयको उक्त गित ”दिलको झोलामा ” को निर्देशन चाहि चलचित्र निर्माता कमल प्रसाद शर्माले गरेका हुन । हामिले सकेजति पुरै मेहेनेत गरेर भिडियो सार्बजनिक गरेका छौँ र दर्शकहरुले यो मेहेनेतलाई अपार माया गरिदिनुहुनेछ भन्ने कुरामा ढुक्क भयको निर्देशक शर्माले बतायका छन ।