May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

अबरुद्ध

तिलास्मी प्रभास
काठमाडौं ६ बौद्ध

परम्पराका हाम्रा ती पवित्र
धाराहरूमा आजभोलि
अनेकौं चिजबिज खसेकाछन्
त्यहीँ ऐेजेरु भएर बसेकाछन्
केहीले पानीलाई छेकेकाछन्
केहीले अशुद्ध बनाएकाछन्
केहीले पानीलाई नै अन्तै
मोडिदिएकाछन्
अनि हाम्रा परम्परारुपी ती
धाराका पानी पनि अन्तै कतै
सुकिला टुटीहरूबाट बगाउन
चाहन्छन् आफूलाई
आफूलाई आफै ठग्न चाहन्छन्
जिन्दगी चढाएर भेटी लिन्छन्
सांसारिक धामीझाँक्रीले
बकाउन चाहे झैँ बकी दिन्छन्
लुब्धो र स्वार्थी रोगीहरू।
आफूलाई बेचेर थोरै पैसा लिन्छन्
सायद आफ्नो मूल्य थाहा नपएर
या त आफूलाई बहुमूल्य बनाउन
नसकेर हो
हरकुराहरू नै अबरुद्ध छन् यहाँ
पैसाविना घाँटीमा हड्डी अड्किए
जसरी नै ।

Advertisement