May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

बालुवाटार जाँदै ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन्।

Advertisement

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओली आज अपरान्ह ४ बजे प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि बालुवाटार जाने तयारी रहेको अध्यक्ष ओलीको सचिवालय स्रोतले जनाएको छ। भेटमा स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को बारेमा छलफल हुने बताइएको छ ।

देउवा गत असार २९ मा प्रधानमन्त्री बनेका थिए। त्यसअगाडि ओली प्रधानमन्त्री थिए। प्रधानमन्त्रीबाट हटेर बालकोट गएपछि झन्डै सात महिनामा ओली आज बालुवाटार जान लागेका छन्।