May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

Tag: #सर्वोच्च अदालत

समायोजन भएका कर्मचारी सङ्घमा फर्काउन नपर्ने आदेश

समायोजन भएका कर्मचारी सङ्घमा फर्काउन नपर्ने आदेश

सर्वोच्च अदालतले नेपालको संविधान जारी भए पनि सरकारले गरेको कर्मचारी समायोजनलाई कानूनसम्मत भएको उल्लेख गर्दै समायोजन भएका कर्मचारीलाई पुनःसङ्घीय निजामती सेवामा फर्काउन नपर्ने निर्णय गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले आज समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई सङ्घमा ल्याउन नपर्ने फैसला सुनाएको हो ।…

रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बनको गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज रेग्मीलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी माघ ३ गते बोलाएको छ…

  • मैले जन्ममिति सच्चाएको छैन : न्यायाधीश खड्का

    मैले जन्ममिति सच्चाएको छैन : न्यायाधीश खड्का

    सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति नसच्याएको स्पष्ट पार्नुभएको छ । न्यायाधीश खड्काले आज प्रेस विज्ञप्ति जारी गरी न्याय परिषद्द्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्म मितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख भएको उल्लेख छ । “न्याय परिषद््द्वारा...

  • बिकिनी किलर’ शोभराजलाई तीन दिनभित्र लिखित जवाफ माग

    बिकिनी किलर’ शोभराजलाई तीन दिनभित्र लिखित जवाफ माग

    सर्वोच्च अदालतले ‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज गुरुमुखलाई ज्येष्ठ नागरिकले पाउने सुविधा पाउनुपर्ने हो कि होइन तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज उक्त विषयमा तीन दिनभित्र...

  • सर्वोच्चको परमादेशः दलको कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य

    सर्वोच्चको परमादेशः दलको कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य

    सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सुरक्षित गर्न परमादेश भएको छ। न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको...

  • उच्च र जिल्ला अदालतमा माघ २ देखि गोलाप्रक्रियाबाट पेसी

    उच्च र जिल्ला अदालतमा माघ २ देखि गोलाप्रक्रियाबाट पेसी

    सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले उक्त प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न उच्च...

  • सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

    सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश

    सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज परिषद्का सदस्य सचिव सिलवाललाई हटाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो...

  • सर्वोच्च अदालतद्वारा शिक्षकलाई राजनीतिक दलको उम्मेदवार बन्न रोक

    सर्वोच्च अदालतद्वारा शिक्षकलाई राजनीतिक दलको उम्मेदवार बन्न रोक

    सर्वोच्च अदालतले शिक्षकहरूलाई राजनीतिक दलको महाधिवेशन प्रतिनिधि, केन्द्रीय कार्यसमितिको मतदाता र उम्मेदवार बन्ने कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “हाल नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि...

  • सर्वोच्च अदालतका न्यायाधीश पूर्णरुपमा काममा फर्किए

    सर्वोच्च अदालतका न्यायाधीश पूर्णरुपमा काममा फर्किए

    काठमाडौँ-  सर्वोच्च अदालतमा झन्डै डेढ महिनापछि न्यायाधिशरु इजलासमा बसी पूर्णरुपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किनुभएको छ । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आज १० इजलास गठन गरिएको थियो । त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइ...

Page 1 of 41234