May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

बागमती किनार अतिक्रमण, संरचना हटाउन सूचना जारी

बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग-यो तर खाली भने भएनन् ।

समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै आएको छ । नदी किनारको जग्गा खाली गर्न बस्तीमा डोजर लगाएर भत्काउने काम पनि भएको थियो तर बस्ती भने थप विस्तार हुँदै आयो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २०६९ वैशाखमा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर लगाइएको थियो तर एक महिनामै बस्ती थप विस्तार भयो ।

पटक–पटक सूचना जारी गरी हटाउने पहल गर्दा पनि असफल भएपछि समितिले दुई चरणमा खाली गर्ने योजना बनाएर काम अघि बढाएको छ । यसअघि पहिलो चरणमा गुह्येश्वरीदेखि गोकर्णसम्म क्षेत्रको नदी किनारका अस्थायी संरचना भत्काइएको थियो । माघ २१ गतेसम्म स्थायी प्रकृतिका संरचना हटाउन सूचना जारी भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Advertisement