पशुपति क्षेत्रमा ‘वनकाली उद्यान’ पुनः स्थापित

ऐतिहासिक पौराणिक महत्वको वनकाली उद्यानको नाम हटाई राधा माधव सेवा समितिले कृपालु उद्यान राखेपछि विवादमा रहँदै आएको पशुपति क्षेत्र विकास कोषले वनकाली उद्यान नामलाई पुनः स्थापित गरेको छ ।

Advertisement

पुरातत्व संरक्षित पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक महत्वमा आँच पुग्ने गरी राखिएको बोर्ड हटाई पौराणिक महत्व भएको वनकाली उद्यान पुनः स्थापित गरिएको कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले जानकारी दिए ।

कोषले समितिलाई पटक–पटक छलफलमा बोलाई बोर्ड हटाएर सहयोग गर्न अनुरोध समेत गरेको डा। थापाले बताए । तर समितिको तर्फबाट कुनै पनि प्रकारको पहल कदमी भएको थिएन । स्थानिय सम्पदा तथा संस्कृतिविदहरु उपस्थित रहेको उक्त कार्यमा कोषका सञ्चालक परिषद सदस्यहरु रमेशराज शिवाकोटी, देवि प्रसाद बराल, आशा पाण्डे, उद्घव बडाल र पुर्ण संगम जेठारा समेतको सक्रिय सहभागिता रहेको थियो । राधा माधव समितिले सो उद्यान कोषलाई हस्तान्तरण समेत नगरेको र शिघ्र हस्तान्तरण कार्यक्रम गर्नका निमित्त पत्राचार गरिएको सदस्य देवि प्रसाद बरालले जानकारी दिए ।

कोषाध्यक्षको तत्कालिन कार्यकाल रहँदा आफुले हटाउने प्रयास गरेको भएतापनि विविध कारणले सम्भव हुन नसकेको कार्य पुरा हुँदा सदस्य सचिव डा। थापाले प्रसन्नता व्यक्त गर्दै सहयोगी परिषद सदस्य, कोषका कर्मचारी, संस्कृतिवद् तथा सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका थिए ।