May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

ओली पक्षद्वारा भीम रावलसहित तीनजना नेतालाई कारबाही

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (ओली पक्ष)ले भीम रावलसहित तीनजना नेतालाई कारबाही गरेको छ।

Advertisement

बुधबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावल, प्रदेश सचिव नेप बहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको बतायिएको छ।रावल नेकपा प्रचण्ड-नेपाल पक्षमा छन्।

प्रचण्ड–माधव पक्षको १७ पुसमा बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गरेको छ भने ओली पक्षले प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको छ।

सुदूरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ। प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन्। थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको छ।