उपसभामुख डा. शिवमाया तुम्बाहाङफे को राजीनामा १२ गते सभामुखको निर्वाचन

काठमाडौं।सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि राजसत्ताभन्दा पितृसत्ता बलियो रहेको अनुभव आफूले गरेकोभन्दै पितृसत्ता सोचलाई उन्मुलन गर्न एक दुई व्यक्ति मात्रै लागेर नहुने भन्दै उनले पत्रकारलाई पनि यसतर्फ कलम चलाउन आग्रह गर्दै
पत्रकार सम्मेलन मार्फत संसदको ठूलो पार्टीले सभामुखको उम्मेदवारको टुंगो लगाएकाले आफूले राजीनामा दिएको स्पष्ट पारेकी छन।

यसै गरी सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका छन । लगतै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।सभामुखको उम्मेदवारी दर्ताको समय भने भोलि मंगलबार ७ विहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।

Advertisement