April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

कोरोना भाइरसको आक्रमण हाम्रो मुलुकमा भएको यो अहिलेसम्मकै खराब आक्रमण हो – अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं, २५ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको आक्रमण अमेरिकामाथि भएको अहिलेसम्मकै ठुलो आतंक बादी आक्रमण सँग तुलना गरेका छन।अमेरिकामा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सबैभन्दा नराम्रो हमला भनेर टिप्पणी गरेका छन् ।

Advertisement

उनले कोरोनाले दोस्रो विश्वयुद्धमा भएको पर्ल हार्बर तथा २ दशकअघिको सेप्टेम्बर ११ आक्रमणभन्दा बढी क्षति गरेको बताएका छन्। ह्वाइट हाउसमा आयोजित नियमित ब्रिफिङमा ट्रम्पले भने, ‘हाम्रो मुलुकमा भएको यो अहिलेसम्मकै खराब आक्रमण हो, यो पर्ल हार्बर या वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणभन्दा खराब हो, हामीमाथि यस्तो आक्रमण कहिल्यै भएको थिएन।’

पत्रकारहरुसँग कुरा गर्दै उनले समयमै कोरोना संक्रमण रोकथामका लागि चीनले कदम नचालेकोले विश्वभर महामारी फैलिएको बताए ।चीनको आलोचना गर्दै उनले भने, ‘हामी चीनसँग खुसी छैनौं । हाम्रो पूरै परिस्थिति खुसी छैन । किनभने यसलाई त्यहीँ रोक्न सकिन्थ्यो, जहाँबाट सुरु भएको थियो।

ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको चुनाव स्थगित नहुने पनि बताए ।चुनाव स्थगित गर्नु हुन्छ कि हुँदैन भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले चुनावको मिति सार्ने विषयमा कहिल्यै पनि सोचेको छैन । मैले त्यस्तो किन गर्ने ? ३ नोभेम्बर एक राम्रो अंक हो ।’ कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि आगामी राष्ट्रपतिको चुनावबारे आशंका हुँदै आएको छ ।