नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा श्रीनिवास नियुक्त

काठमाडौं ।नेपाली क्रिकेट टिमको फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकमा भारतीय मूलका रघु राम श्रीनिवास नियुक्त भएका छन् ।

Advertisement

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी टी–२० विश्व कप छनोटका लागि श्री निवासलाई फिल्डिङ कन्सल्ट्यान्ट प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

श्रीनिवासले मुख्य प्रशिक्षक पुबुदु दशानायकेसँग अमेरिकाको क्रिकेट टिममा सँगै काम गरेका थिए ।

नेपाली टोलीले अहिले ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्व कपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ । ग्लोबल छनोटमा नेपाल रहेको समूह ‘ए’ अन्तर्गतका खेल फेब्रुअरी १७ तारिखदेखि २४ तारिखसम्म ओमानमा हुनेछ।